निःशुल्क स्वास्थ्य सेवा दिन डा. गोविन्द के.सी.बाजुरा पुगे – Kanika Khabar
Friday, March 29Nepali News Portal

निःशुल्क स्वास्थ्य सेवा दिन डा. गोविन्द के.सी.बाजुरा पुगे

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी आज बाजुरा पुगेका छन् । यसअघि उनी दुई महिनासम्म डडेलधुरा अस्पतालमा निःशुल्क सेवा प्रदान गर्दै आएका थिए । उनी देशका पहाडी तथा विकट क्षेत्रका अस्पतालमा पुगी स्वास्थ्य सेवा प्रदान गर्ने अभियानमा रहेका छन् ।
डाक्टर केसी एक हप्ता बाजुरा बसेर स्वास्थ्य सेवा दिने जनाइएको छ । डाक्टर केसीले यो भन्दा पहिला बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर स्वास्थ्य सेवा दिइसक्नुभएको छ । बाजुरा रहँदा उनले जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा.रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।
बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका डाक्टर केसी १७ औं पटक अनसन बस्न डडेलधुरा पुगेका हुन् । गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेलधुरामा मेडिकल कलेजको माग गरेका थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थगित भएको थियो । केसी बाजुरा बस्दासम्म उनले निशुल्क सेवा दिने बताएका छन् । केसी बाजुरा पुगेर जिल्ला अस्पताल बाजुराको भौतिक पुर्वाधारको अवस्थाको पनि अनुगमन गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्