भोलिबाट प्रतिष्ठानको स्वास्थ्य सेवा सुचारु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

भोलिबाट प्रतिष्ठानको स्वास्थ्य सेवा सुचारु

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि बन्द भएका स्वास्थ्य सेवा भोलिबाट सुचारु रहने भएका छन् ।
दुई दिनका लागि रोकिएका स्वास्थ्य सेवा असार ८ गते सोमवारदेखि सञ्चालनमा आउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्यकर्मीलाई संक्रमण देखिएसँगै अस्पतालाई सेनेटराईजिङ गर्न दुई दिनका लागि अस्पताल सिल गरिएको थियो ।

दुई दिन बन्द गरेको स्वास्थ्य सेवा भोलिदेखि सुरुवात गर्न थालेको प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्