स्पेनमा पर्यटकका लागि बाटो खोलियो – Kanika Khabar
Friday, February 14Nepali News Portal

स्पेनमा पर्यटकका लागि बाटो खोलियो

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
स्पेनमा विदेश यात्राका लागि बाटो खुला गरेको छ । स्पेन सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिवन्ध आजबाट खुला गरिएको छ ।
कोरोना भाइरसको महामारीका कारण प्रभावित बनेको स्पेनले हाललाई युरोपीय संघ, शेञ्जेन क्षेत्र र बेलायतका नागरिकलाई मात्रै आफ्नो देशमा आउन दिने भएको छ । बीबीसीका अनुसार स्पेन आउने सबै नागरिकको ज्वरो नाप्ने र कोरोनासँग सम्बन्धीत जानकारी लिइने छ । झन्डै तीन महिनापछि स्पेन सरकारले विदेशी पर्यटकका लागि यात्रा प्रतिवन्ध खुकुलो गरेको हो ।
स्पेनमा हालसम्म कोरोना भाइरसका कारण दुइ लाख ४५ हजार मानिस संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्