साउदी अरबमा लगाईएको कर्फ्यु हटाइयो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

साउदी अरबमा लगाईएको कर्फ्यु हटाइयो

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।

साउदी अरब सरकारले मुलुकभर लगाइएको कर्फ्यु हटाएको छ । साउदी अरब सरकारका अनुसार आजदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु भएका छन् । तर, अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका एक लाख ५५ हजार संक्रमित फेला परिसकेका छन् भने एक हजार २३० जनाको मृत्यु भइसकेको छ । साउदी अरबमा जुलाईमा शुरु हुने हजयात्राको विषयमा भने कुनै घोषणा गरेको छैन । यद्यपि मलेसिया र इन्डोनेसियाजस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् । हजयात्राको लागि वार्षिक २५ लाख श्रद्धालुहरु मक्का सहर जाने गर्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्