एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

    मा प्रकाशित

असार ६, दाङ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नेतृत्त्व चयनका लागि आज चुनावी साधारणसभा हुँदै छ । बिहान ९ बजे बुढानिलकण्ठस्थित एक रिसोर्टमा सुरु हुने साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।२१ सदस्यीय कार्य समितिको चयनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङका साथै पूर्व अध्यक्ष राजीव पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

 

एन्फा निर्वाचनमा ८४ जना प्रतिनिधिले मतदान गर्ने छन् ।चुनावी साधारण सभाको उद्घाटन ९ बजे हुनेछ भने मतदानको प्रक्रिया २ बजेदेखि सुरु हुने छ । ४ बजेसम्म मतदानको समय दिइने र त्यसपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।

 

निर्वाचनका लागि ५ प्रकारका मतपत्र बनाइएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सदस्य र महिला सदस्यका लागि छुट्टा छुट्टै मत पत्र तयार पारिएको हो । अध्यक्षमा ३ जना उम्मेदवार रहेकाले कुनै एक उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसेको दोस्रो चरणमा निर्वाचन गराउनु पर्ने प्रवाधान रहेको छ । यस्तोमा धेरै मत ल्याउने २ जनाबीच पुनः चुनाव हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्