थप ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ९५६१ पुग्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

थप ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ९५६१ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२÷१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५र५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २र२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।

अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ ¥यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० गरिएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्