दाङमा वडाध्यक्षसहित थप १३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा वडाध्यक्षसहित थप १३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार आज दाङमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक जना जनप्रतिनिधिसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । घोराही उपमहानगरपालिकाको एक वडाको अध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको हो ।

गएको जेठ २४ गते स्वाब सङ्कलन गरिएको र १६ दिनपछि रिपोर्ट आउँदा अध्यक्षमा पनि सङ्क्रमण देखिएको हो । यसैगरी वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ६ का ७ जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ४७ पुगेको छ । सङ्क्रमितमध्ये ४४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्