मा प्रकाशित
कनिका खबर
असार ८, दाङ ।
आज ट्रकले माेटरसाइकललाई ठक्कर दिंदा दुई जनाकाे ज्यान गएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।
मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तान रहेका छन् ।
बाराका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार मोटरसाइकलमा सवार लामाको घट्ना स्थलमै र मोक्तानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।