चीनमा शुरु भयो “कुकुरको मासु” मेला, अभियान्ता भन्छन– अन्तिम पटक होस् । – Kanika Khabar
Monday, April 13Nepali News Portal

चीनमा शुरु भयो “कुकुरको मासु” मेला, अभियान्ता भन्छन– अन्तिम पटक होस् ।

    मा प्रकाशित

कनिका खवर
असार ८, दाङ ।
कोरोना भाइरसले स्वास्थ्यमा पारेको जोखिमलाई कम गर्न र जनावारहरुको कल्याण सुधार्न चीन सरकारले शुरु गरेके अभियानको अवहेलना गर्दै चीनको कुख्यात कुकुर–मासु मेला शुरु भएको छ ।
यूलिनको दक्षिण पश्चिम शहरमा वार्षिक रुपमा लाग्ने उक्त मेला १० दिनसम्म संचालन हुने गर्दछ जसमा हजारौँ मानिसहरुको सहभागिता हुने गर्दछ । अभियान्ताका अनुसार भने सहभागिको संख्या घट्दै छ ।
सरकारले वन्यजन्तुको व्यापारलाई निषेध गर्न र घरपालुवा जनावरहरुलाई सुरक्षा दिन नयाँ कानून बनाउँदैछ, अभियान्ताहरु यसवर्षको मेला अन्तिमा हुने आशा गरेका छन् ।
पशु अधिकार समूह, ह्यूमन सोसाइटी इन्टरनेसनलका चीन नीति विशेषज्ञ पीटर लीले भने, “मलाई आशा छ कि युलिन, जनावरहरूको लागि मात्र नभई आफ्नो जनताको स्वास्थ्य र सुरक्षामा पनि परिवर्तन हुनेछ ।”
वुहान सहरको बजारमा, मानिसमा प्रवेशहुनु भन्दा पहिले, एक प्रकारको चमेरा प्रजातिबाट उत्पत्ति भएको हो भन्ने विश्वास गरिएको कोरोनाभाइसले चीनलाई जनावरहरूसँगको आफ्नो सम्बन्धलाई पुनः परिभाषित गर्न बाध्य तुल्याएको छ र चीनले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाउने वाचा गरेको छ।
शेन्जेन, कुकुरको मासुको उपभोगमा प्रतिबन्ध लगाउने चीनको पहिलो सहर बनेको छ भने अरुले यसको अनुसरण गर्ने अपेक्षा गरिएकोछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्