जसपामा विवादै विवाद – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जसपामा विवादै विवाद

    मा प्रकाशित

असार २८, काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल जसपाका सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरूलाई नबोलाएका कारण नगएको बताउनुभयो ।

 

जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उहाँले सङ्ख्या र बहुमत आफूसँग रहेको दावी पनि गर्नुभयो । उहाँले आफूहरूको बैठक नै वैधानिक रहेको पनि दावी गर्दै अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको दाबी गर्नुभयो । जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताउनुभयो ।

 

भट्टराईले जसपाको वैधानिक बहुमत आफूहरूसँग रहे वा नरहे पनि पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताउनुभएकोछ । पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्