दाङकाे भानु चाेकमा मनाइयो भानु जयन्ती – Kanika Khabar
Monday, May 20Nepali News Portal

दाङकाे भानु चाेकमा मनाइयो भानु जयन्ती

    मा प्रकाशित

असार २९, दाङ ।आदिकवि भानुभक्त आचार्यकाे २०९ औँ भानु जयन्तीकाे अवसरमा घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ । जयन्तीकाे अवसरमा घाेराहीकाे मुख्य चाेक भानु चाेकमा एक कार्यक्रमकाे आयाेजना गरी मनाईएकाे हाे ।

भानु चाेकमा आदिकवि भानुभक्त आचार्यकाे फाेटाे राखेर पुष्प अर्पण गरेर भानु जयन्ती मनाईएकाे हाे । किशाेरचन्द्र गाैतमकाे नेतृत्वमा दाङमा बुद्धिजीवी, साहित्यकार, प्रध्यापक, पत्रकार लगायतकाे उपस्थितिमा भानु जयन्ती मनाईएकाे हाे ।

त्यस अवसरमा पुरानाे भानु चाेककाे नाम परिवर्तन नगर्न सम्बन्धित सबैलाई अनुराेध गरिएकाे थियाे । साथै भानु चाेक स्थापित गर्नका लागि लागिपर्न टाेल विकास संस्थालाई अनुराेध गरिएकाे थियाे ।  त्यस अवसरमा भानु चाेक लेखिएकाे भानुभक्त आचार्यकाे फाेटाे टासिएकाे छ ।                                                                  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए – ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्