कनिका खवर
असार ८, दाङ ।
असार १० पछि लकडाउन कडा हुने हल्ला चलिरहेका वेलामा लकडाउनलाई पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अभिकारीले बताएका छन् । कोभिड १९ को संकट व्यवस्थापन समितिका संयोजक एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुनः लकडाउन कडा हुने भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउनका निमित्त सीमित गतिविधिरु खुकुलो गरिएको सरकारको भनाइ छ जर जनताले आफूलाई सुरक्षित बनाउनका लागि भने आफै सचेत हुनुपर्नेछ ।
उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए ।
सार्वजनिक यातायातबारे अहिलेसम्म नयाँ निर्णय भएको छैन । सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको छ ।
मा प्रकाशित