स्वर्गद्वारी टिप्पर व्यवसायी समितिले जिल्लाभन्दा बाहिरका गाडीहरुलाई चुनढुङ्गा ढुवानी गर्न प्रतिवन्ध लगाउने – Kanika Khabar
Monday, May 20Nepali News Portal

स्वर्गद्वारी टिप्पर व्यवसायी समितिले जिल्लाभन्दा बाहिरका गाडीहरुलाई चुनढुङ्गा ढुवानी गर्न प्रतिवन्ध लगाउने

    मा प्रकाशित

असार ३०, दाङ ।

स्वर्गद्वारी टिप्पर ब्यवसायी समिति घोराही दाङले जिल्लाभन्दा बाहिरका गाडीहरुलाई चुनढुङ्गा ढुवानी गर्न प्रतिवन्ध लगाउने भएको छ । समितिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दाङ भन्दा बाहिरबाट उद्योगले टिप्पर ल्याएर चुनढुङ्गा ढुवानी गर्दा यहाँ चलेका टिप्परहरुलाई समस्या पर्नुका साथै ब्यवसाय नै धराशायी पर्ने अवस्था आएकाले जिल्लाका सरोकारवालासँग समन्वय गरेर बाहिरका टिप्परहरुलाई दाङका विभिन्न सिमेन्ट उद्योगबाट बवोक्ने चुनढुङ्गा पुर्णरुपमा ढुवानी गर्न नदिने निर्णय गरेको बैठकपछि सचिव रमेश डाँगीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । साथै समितिले बाहिरबाट आएका टिप्परहरुलाई उद्योगले पनि इन्ट्री नगरिदिनका लागि जिल्लाका सिमेन्ट उद्योगहरुलाई समितिको तर्फवाट पत्राचार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी खानी क्षेत्रवाट सिमेन्ट उद्योगसम्म चुनढुङ्गा ढुवानी गर्दा लाग्ने टिप्परको भाडा हेरफेर गर्नका लागि समितिले वार्ता समिति बनाएको छ । अहिलेको अवस्थामा दिनप्रतिदिन डिजेल वढ्दो अवस्थामा रहेको र गाडीका पाटर्सका मुुल्यहरुमा वृद्धि भए पनि चुनढुङ्गा भाडा दर भने पहिलेकै अवस्थामा रहेकाले सोही भाडामा चुनढुङ्गा ढुवानी गर्दा ब्यवसायीको अवस्थामा एकदमै कठिनाई र चल्न नसक्ने अवस्थाले भाडा समायोजन गर्न बैठकले माग गरेको हो । बैठकले बढ्दो डिजेल र गाडिको पाटर्सलाई समायोजन गर्ने गरी भाडा समायोजनका लागि खानि क्षेत्र वङ्गलाचुलीको थारादेखि सम्राट सिमेन्ट उद्योगसम्मको प्रतिटन एघार सय, घोराही तापादेखिको भाडा प्रति टन ८ सय र सोनादेखी दुबीडाँडासम्मको भाडा प्रति टन ८ सय गराउने सर्वसम्मत निर्णय गरेको छ । सिमेन्ट उद्योगवाट खानीसम्मको चुनढुङ्गा ढुवानी भाडा दर कायम गराउन उद्योग पक्षसँग वार्ता गर्न समितिका अध्यक्ष भरतनाथ योगीको संयोजकत्वमा सचिव रमेश डाँगी, ब्यवसायीहरु खगेन्द्र बुढा, सुरज पोखरेल, कमल पौडेल, कृष्ण रायमाझी वार्ता समिति गठन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्