नागरिकतासम्बन्धी (शंसोधन) विधेयकमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

नागरिकतासम्बन्धी (शंसोधन) विधेयकमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु

    मा प्रकाशित

असार ३०, काठमाडौँ ।
सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी (शंसोधन) विधेयकमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा शंसोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै लोकतान्त्रिक समाजवादी पार्टीका संसद लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी विधेयकलाई अविलम्ब पारित गर्न माग गर्नुभयो । उहाँले सरकारले नागरिकता सम्बन्धी विधेयक तत्काल पास गर्नुपर्ने भन्दै मधेश प्रदेशका ८ लाखभन्दा बढी नागरिकलाई अनागरिक हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।

 

नेकपा एमालेका सांसद गंगा चौधरी सत्गौवाले विवाह गरेर आउने बित्तिकै वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रचलित व्यवस्थाको विरोध गर्नुभयो । उहाँले वर्तमान सरकारले विवाह गरेर आउने वित्तिकै वैवाहिक नागरिकता दिलाउने व्यवस्थालाई निरन्तरता दिन खोजेको भनी प्रश्न समेत गर्नुभयो ।नेकपा माओवादी केन्द्रका सांसद यशोदा सुवेदी गुरुङले प्रतिनिधि सभामा प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिनुभयो ।

 

सरकारले ल्याएको नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले पूर्ववर्ती सरकारले ल्याएको नागरिकता विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले दफावार छलफल गरेर सरल बनाएको भएपनि सरकारले अहिले संविधान विरोधी विधेयक ल्याएको उल्लेख गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्