प्रतिनिधि सभाको उपसभामुख पदका लागि एमाले र काँग्रेसको उम्मेदवारी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्रतिनिधि सभाको उपसभामुख पदका लागि एमाले र काँग्रेसको उम्मेदवारी

    मा प्रकाशित

असार ३०, काठमाडौँ ।
प्रतिनिधि सभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराउनुभएको छ ।उहाँको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहनुभएको छ ।

 

यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी रहनुभएको छ ।

 

उपसभामुखको निर्वाचन भोलि दिउँसो १ बजेका लागि तोकिएको छ । उपसभामुखको मनोनयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो ।

 

भोलि दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा ‘प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची रहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्