अर्थ मन्त्रालयका २ जना सचिवलाई छलफलका लागि बोलाइयो – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अर्थ मन्त्रालयका २ जना सचिवलाई छलफलका लागि बोलाइयो

    मा प्रकाशित

असार ३०, काठमाडौँ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिका सदस्य हेरफेर गरिएको छ ।समितिमा सदस्य रहनुभएका नेपाली काँग्रेसका सचेतक पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाए पछि सदस्य परिवर्तन गरिएको हो ।

 

काँग्रेसले उहाँको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई राखेको छ । २२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।

 

यसैबीच, समितिले अर्थ मन्त्रालयका २ जना सचिवलाई छलफलका लागि बोलाएको छ।संसदीय विशेष समितिको आज बसेको बैठकले अर्थ मन्त्रालयका सचिव (अर्थ) मधु मरासिनी र राजश्व सचिव कृष्णहरि पुस्करलाई बोलाउने निर्णय गरेको हो।

 

उनीहरू दुबै जनालाई भोलिको बैठकमा बोलाउने निर्णय भएको हो । पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित विषयका कागज तथा विवरण नआएपछि समितिले सचिवहरूसँग छलफल गर्न लागेको हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्