श्रीलङ्काको राष्ट्रपति निवास सेनाको नियन्त्रणमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

श्रीलङ्काको राष्ट्रपति निवास सेनाको नियन्त्रणमा

    मा प्रकाशित

एजेन्सी ।
श्रीलङ्काको राष्ट्रपति निवास सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । शनिवार प्रदर्शनकारीले कब्जा गरेको कोलम्बो स्थित राष्ट्रपति निवासलाई सेनाले आजमात्रै खाली गराएर नियन्त्रणमा लिएको हो ।

 

कार्यबाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेनालाई परिचालन गर्ने आदेश दिनुभएको थियो । मुलुकमा बढ्दो आर्थिक सङ्कट, इन्धन अभाव, खाद्यान्न अभाव लगायतका समस्याबाट जुँधिरहेका श्रीलङ्काका नागरिक सडकमा उत्रेका छन् ।

 

प्रदर्शनकारीले राष्ट्रपति निवासमाथि कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाड्नुभएको छ । कार्यबाहक राष्ट्रपति विक्रमासिङ्घेले राष्ट्रव्यापी आपतकालको घोषणा गर्दै सेनालाई देशको सुरक्षा सुम्पिएको बताउनुभयो । सेनालाई सुरक्षाको जिम्मा दिएसँगै श्रीलङ्कामा थप हिंसा भड्किने हो की भन्ने चिन्ता बढेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्