३० वर्षपछि लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधि नजिक । – Kanika Khabar
Friday, February 14Nepali News Portal

३० वर्षपछि लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधि नजिक ।

    मा प्रकाशित

कनिका खवर
असार ८, दाङ ।
उपाधिको नजिकै रहेको लिभरपुलले एभर्टनसँग बराबरी खेल खेलेपछि इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधिका लागि अझै केही समय पर्खिनुपर्ने भएको छ । एभर्टनको घरेलु मैदानमा भएको खेलमा पाएका केही मौकाहरुलाई गोलमा परिणत गर्न नसक्दा लिभरपुलले गोलरहित बराबरीमा रोकिनु परेको थियो ।
लिभरपुललाई उपाधि जित्न ५ अंकको आवश्यक छ र ३० वर्षपछि प्रिमियर लिगको च्याम्पियन बन्ने दाउमा रहेको छ । । लिभरपुलसँग बराबरी गर्दै अंक बाँडेको एभर्टन १२औं स्थानमा छ भने लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी २३ अंकमा झारेको छ ।

गएराति नै भएको खेलमा चेल्सीले एष्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा एष्टन भिल्लाले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्न बाध्य भयो । गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाइ ३–० गोल अन्तरले पराजित गर्यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्