जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

    मा प्रकाशित

गोल्डेन बुढा
असार ३१, जुम्ला ।
जुम्लाको हिमा गाउँपालिका१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । आज बिहान साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा आयोजनामा कार्यरत गोरक बहादुर रावतका ३० वर्षका श्रीमती बिमला रावत, छोराहरू ९ वर्षका भरत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको हो ।

 

स्थानीयबासीका अनुसार उनीहरू तीनैजना आयोजनाको पावर हाउसभित्र सुतेका थिए । बिजुली अवरुद्ध भएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंले बताउनुभयो । प्रहरी राति नै घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्