स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनियमितता र सत्ताको दुरुपयोग भएको एमालेको आरोप – Kanika Khabar
Sunday, May 19Nepali News Portal

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनियमितता र सत्ताको दुरुपयोग भएको एमालेको आरोप

    मा प्रकाशित

असार ३२, काठमाडौँ ।
नेकपा एमालेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनियमितता र सत्ताको दुरुपयोग भएको जनाएको छ । आज नेकपा एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयमा आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर भएको दाबी गर्नुभयो । भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा आर्थिक वर्ष सकिनै लाग्दा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु मन्त्रालयको अनियमितता र सत्ताको दुरुपयोग गर्नुभएको दाबी गरिएको छ ।

वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले गम्भिर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भट्टराईको आरोप छ । यस सवालमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

त्यस्तै भट्टराईलेसरकारले सेनेटरी प्याडमा लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी बनाएको पनि आरोप लगाउनुभएको छ । यस प्रकरणमा सरकारी नेतृत्व नै नीतिगत भ्रष्टाचारमा संलग्न भएको उहाँको दाबी रहेको थियो ।

सरकारले आर्थिक वर्ष ०७९ ÷ ८० को बजेटमा सेनेटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको थियो । तर, तयारी विदेशी प्याडको भन्सार १५ प्रतिशतबाट घटाएर १ दशमलब ५ प्रतिशत बनाउँदा पनि सरकारले स्वदेशी उद्योगलाई आवश्यक कच्चा पदार्थ आयातमा भने ३० प्रतिशतसम्म भन्सार कायम राखेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्