अर्थ मन्त्रालयको सीसीटीभी डाटाबारे अन्तरिम आदेश जारी गरिरहन नपर्ने अदालतको ठहर – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अर्थ मन्त्रालयको सीसीटीभी डाटाबारे अन्तरिम आदेश जारी गरिरहन नपर्ने अदालतको ठहर

    मा प्रकाशित

असार ३२, काठमाडौँ ।
सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सीसीटीभी डाटाबारे अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले आज अर्थ मन्त्रालयको सीसीटीभी क्यामेराले कैद गरेका डाटाहरू सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको हो ।

 

अधिवक्ता बाबुराम अर्याल समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । रिट निवेदनमा अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा समवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डाटाहरू नमेटिने गरी सुरक्षित तवरले संचय गरी राख्नु भनी अन्तरिम आदेश माग गरिएको थियो ।

 

रिट निवेदन राष्ट्रिय बजेट निर्माणको गोपनीयता र संवेदनशीलतासँग जोडिएको सार्वजनिक महत्वको विषय रहेको हुँदा चाँडो निर्णय हुन आवश्यक रहेको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम इजलासले अग्राधिकार प्रदान गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्