रनिल विक्रमासिङ्घे श्रीलंकाको कार्यवाहक राष्ट्रपति – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रनिल विक्रमासिङ्घे श्रीलंकाको कार्यवाहक राष्ट्रपति

    मा प्रकाशित

एजेन्सी ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नुभएकोछ । तर देश भने आर्थिक संकट र अशान्तिबाट गुज्रिरहेको छ । विक्रमासिङ्घेले गोटाबाया राजापाक्षेलाई प्रतिस्थापन गर्नुभएको हो ।

जसलाई जनप्रदर्शन पछि सिंगापुर भाग्न बाध्य हुनुपरेको थियो । श्रीलंकाले खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिको तीव्र अभावको सामना गर्दै आर्थिक अराजकताको सामना गरिरहेको छ । नयाँ राष्ट्रपति चयनको प्रक्रिया आजबाट सुरु हुँदैछ, सांसदहरूले एक हप्तामा मतदान गर्ने सम्भावना रहेको छ ।

सत्तारुढ दलको बहुमत भएकाले, सांसदहरूले राजापाक्षे परिवारसँग घनिष्ठ सम्बन्ध भएका विक्रमासिङ्घेलाइ समर्थन गर्ने अनुमान गरिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्