काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    मा प्रकाशित

असार ३२, दाङ ।
आज शनिबार पनि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । महतका अनुसार जारी बैठक आज समापन गर्ने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्