१३ वटा विधेयक राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

१३ वटा विधेयक राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण

    मा प्रकाशित

असार ३२, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न १३ विधेयक राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम हिजो प्रमाणीकरण गर्नुभएको उल्लेख गरेको जनाएको छ ।

प्रमाणीकरण हुने विधेयकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्