प्रचण्डको भारत भ्रमण : आज दिनभर भेटघाटमा व्यस्त – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्रचण्डको भारत भ्रमण : आज दिनभर भेटघाटमा व्यस्त

    मा प्रकाशित

असार ३२, दाङ ।
भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त हुनु हुने भएको छ ।

तीन दिने भ्रमणका लागि हिजो भारतको राजधानी नयाँदिल्ली पुग्नुभएका प्रचण्डले आज भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नुहुने छ । त्यसपछि आजै उहाँले विदेशमन्त्री डा. एस जयशङ्कर र विदेश सचिव विनयमोहन क्वात्रासँग पनि भेटघाट गर्नुहुनेछ ।

‘फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी’ नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा पनि उहाँले आज प्रमुख वक्ताको रूपमा सहभागी हुनुहुनेछ । प्रचण्डको सम्मानमा विदेशमन्त्री जयशङ्करले आज रात्रिभोजको आयोजना गर्नुहुने छ । जहाँ भारत सरकारका शीर्ष मन्त्रीहरूसँग भेट हुनेछ ।

प्रचण्डले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड दिनदयाल मार्गस्थित भाजपा मुख्यालय जानुहुने छ । त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट हुनेछ । सोही दिन अध्यक्ष नड्डाले आयोजना गरेको दिवाभोजमा सहभागी भएर साँझ स्वदेश फर्किने प्रचण्डको सचिवालयले जनाएकोछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्