गठबन्धनमा आफ्नो सिट छोड्न नेताहरु तयार हुनुपर्छ : गृहमन्त्री खाँण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गठबन्धनमा आफ्नो सिट छोड्न नेताहरु तयार हुनुपर्छ : गृहमन्त्री खाँण

    मा प्रकाशित

असार ३२, काठमाडौँ ।
नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी निर्वाचनमा गठबन्धन भएमा सिट छाड्न नेताहरू तयार हुनुपर्ने बताएका छन्।

आज शनिबार सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले गठबन्धन भएमा नेताहरूले सिट छाड्‍नुपर्ने हुँदा त्यसको लागि पनि तयार रहनुपर्ने बताए।

मन्त्री खाँणले अहिलेमात्रै नभई पछिसम्‍म पनि गठबन्धनको आवश्यक पर्ने बताए। माओवादी गठबन्धन बिना एक्लै चुनाव नलड्ने बताउँदै बरू अर्को कुनै पार्टीसँग मिलेर गठबन्धन गरेर जान सक्ने भएकाले गठबन्धनलाई निरन्तरता दिन सुझाए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्