मेरिल्यान्डमा लागुपदार्थ दुर्व्यसनी सम्वन्धी सचेतना – Kanika Khabar
Monday, May 20Nepali News Portal

मेरिल्यान्डमा लागुपदार्थ दुर्व्यसनी सम्वन्धी सचेतना

    मा प्रकाशित

दाङ, ३२ असार ।

लागुपदार्थ दुर्व्यसनी सम्वन्धी सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका– १३ मा सम्पन्न भएको छ ।

समाज कल्याण केन्द्रको आयोजना तथा नयाँ पाइला पुनस्थापना केन्द्रको सहयोग एवं वडा नं. १३ मा रहेको मेरील्याण्ड पब्लिक एकेडेमीको व्यवस्थापनमा शनिवार लागुपदार्थ दुव्र्यसनी सम्वन्धी कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयमा ६ देखि ९ कक्षा सम्मका वालवालिकाहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई लागुऔषध भनेको के हो, लागुऔषधले गर्ने असर, लागुऔषधबाट कसरी वच्ने, लागुऔषध सेवन गरे तथा विक्रि वितरणमा सम्लग्न भए हुने कानुनी कारवाहीलगाएतका विषयमा सचेतना गराइएको थियो । कार्यक्रममा लागुऔषधका बारेमा नार्कोननका लुम्विनी प्रदेश संयोजक वसन्त पुनले प्रशिक्षण दिएका थिए ।

लागुऔषध दुव्र्यसनी सम्वन्धी सचेतनामुलक कार्यक्रमले वालवालिकासँगै समाजमा सचेतना फैलाउने अपेक्षा गरिएको छ । कार्यक्रम समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नं १३ का वडाध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यता एवम एवम मेरील्याण्ड पव्लिक एकेडेमीका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेमन बुढाको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नयाँ पाइला पुन स्थापना केन्द्रका सुरेश भुसाल, घोराही उपमहानगरपालिका–१३ का वडा सदस्य केशवहादुर घर्ती, विद्यालयका मेरील्याण्ड पव्ल्कि एकेडेमीका प्राधानाध्यापक राजेन्द्र श्रेष्ठ, विद्यालयका सञ्चालक समितिका सदस्य नैनसिंह घर्ति, दाङ महिला जेसीजका प्रवक्ता संगीता गिरीलगाएतकाले बोलेका थिए ।

समाज केन्द्रका सहसचिव अञ्जना मल्लको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सचिव जानका केसीले गरेकी थिइन् । केन्द्रले विभिन्न समाजिक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्