जसपाका ६९ जनाद्वारा पार्टी परित्यागको घोषणा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जसपाका ६९ जनाद्वारा पार्टी परित्यागको घोषणा

    मा प्रकाशित

साउन १, काठमाडौँ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् । वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सदस्यसम्मले अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढङ्गले चलाएको आरोप लगाउँदै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरूले देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमान्तकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई अध्यक्ष यादवले उल्टाएको आरोप पनि लगाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्