आज अष्ट्रेलियाबाट २५९ लाई ल्याइदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज अष्ट्रेलियाबाट २५९ लाई ल्याइदै

    मा प्रकाशित

कनिका डेस्क
असार ९, दाङ
अष्ट्रेलियाबाट आज नेपालीलाई उद्धार गरेर ल्याइदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत २ सय ५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं ल्याउन लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपालीहरुलाई त्यो जहाजमा ल्याइनेछ । धेरै आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया पुगेका अविभावक रहेका छन् । न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि त्यही जहाजमा नेपाल आउन तयारीमा रहेका छन् ।
खाडी मुलुकबाट एक लाख २७ हजारभन्दा बढी तत्काल फर्काउन पर्ने देखिएको छ । रोजगारीका लागि गएका करिब १३ लाख नेपाली श्रमिकमध्ये एक लाख २७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा छन् । श्रम स्वीकृति सकिएका र आममाफी पाएका एक लाख २७ हजारभन्दा बढी स्वदेश फर्किने तयारीमा रहेका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ हजार ८७ हजार आठ सयभन्दा धेरै श्रमिक छन् । गैह्र कानूनी रुपमा विदेशिमा बसेका ७ सयभन्दा बढी नेपाली महिलाहरु स्वदेश फर्किएका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्