समाजवादी केन्द्र गठन : प्रचण्ड र बाबुरामबिच भेटवार्ता, आजै त्रिपक्षीय वार्ता हुने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

समाजवादी केन्द्र गठन : प्रचण्ड र बाबुरामबिच भेटवार्ता, आजै त्रिपक्षीय वार्ता हुने

    मा प्रकाशित

साउन ३, काठमाडौं ।

समाजवादी केन्द्र गठनका लागि सघन छलफल अगाडि बढाइएकाे छ । छलफलका लागि अहिले
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अहिले पनि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता चलिरहेको छ ।

दुई नेताबीच समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ ।दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।

डा. भट्टराईलाई भर्खर जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएको छ ।

डा. भट्टराईले पनि काठमाडौँमा भेला आयोजना गर्दै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्