दाङको टरिगाउँ विमानस्थलमा ६८ वर्षपछि इन्धन डिपो – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङको टरिगाउँ विमानस्थलमा ६८ वर्षपछि इन्धन डिपो

    मा प्रकाशित

साउन ५ ,दाङ ।
दाङको टरिगाउँ विमानस्थलमा ६८ वर्षपछि इन्धन डिपो सञ्चालनमा आउने भएको छ । विमानस्थलमा अहिले डिपो स्थापनाका लागि भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

३० हजार लिटर हवाई इन्धन अट्ने क्षमताको इन्धन डिपो स्थापनाको काम अन्तिम चरणमा पुगेको हो । गतवर्ष साउनमा सम्झौता भई निर्माण शुरु भएको काम असारको अन्तिममा निर्माण पूरा भएको हो ।

डिपोमा बन्डेड ट्यांक, भवन निर्माण लगायतका आवश्यक पूर्वाधार निर्माणको काम लगभग सकिएको निर्माण पक्षले जानकारी गराएको नेपाल आयल निगमको इन्जिनियर विभागका निर्देशक सुरज शाहले बताउनुभयो । उहाँका अनुसार सम्झौता अवधिमै डिपो स्थापनाको काम सम्पन्न भएपनि प्राविधिक जाँचको काम अझै बाँकी रहेको छ । इन्धन डिपोको निर्माणको जिम्मा न्यू ड्राइभन एमसी फाल्गुनान्दले लिएको थियो । करिब डेढ करोड लागतमा डिपोको निर्माण गरेको हो

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्