यौन व्यवसायमा लगाएको आरोपमा दाङमा तीन जना पक्राउ – Kanika Khabar
Monday, May 20Nepali News Portal

यौन व्यवसायमा लगाएको आरोपमा दाङमा तीन जना पक्राउ

    मा प्रकाशित

६ साउन, दाङ ।  दाङमा महिलालाई यौन ब्यबसायमा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्बजनिक गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरका ५० वर्षीय इन्द्रबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ३६ वर्षीय झमन विक र घोराही उपमहानगरपालिका वडा नम्बर १० की ४२ वर्षीया सीता विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।

पक्राउ परेका पुरुषहरूले किशोरी तथा महिलाहरुको खोजी गरी आफूले यौन शोषण गर्ने र अन्तमा होटेलमा लगेर अरुसँग पनि सम्पर्क गराएर रकम लिने गरेको उजुरी परेको प्रमुख  काफ्लेले जानकारी दिनुभयो ।
पक्राउ परेकी महिलाले उक्त काममा सघाउने गरेको उहाँले बताउनुभयो । पक्राउ परेको विरुद्ध मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको काफ्लेलेको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्