संघीय सरकारलाई प्रदेश सरकारको पत्र – Kanika Khabar
Tuesday, March 21Nepali News Portal

संघीय सरकारलाई प्रदेश सरकारको पत्र

    मा प्रकाशित

कनिका डेस्क
असार ९, दाङ
प्रदेश दुइ सरकारले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारको ध्यानकर्षण गराएको छ । प्रदेश दुइमा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केही दिनमै मनसुन सक्रिय हुने हुदाँ रोपाइँका बेला पर्याप्त परिमाणमा मल आवश्यक पर्ने भएकाले प्रदेश दुुइको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संघीय सरकारको ध्यानाकर्षण गराएको हो । देशमा वर्षेनी सात लाख मेट्रिक टन मल आवश्यक रहकेमा तीन लाख मेट्रिक टन प्रदेश दुइलाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउन भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले संघीय सरकारलाई सीआइएनमार्फत आग्रह गर्नुुभयो ।

देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान प्रदेश दुइमा उत्पादन हुने गरेको छ । यसअघि संघीय सरकारले बिभिन्न चरणमा आपूर्ती गरेको मल प्रदेश दुइमा कम आएको र अबको चरणमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश दुइ मै खपत गराउने व्यवस्था गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

डीएपी, युरिया र पोटास भण्डारण गरी बढी मूल्यमा बिक्री बितरण गर्नेको पहिचान गरी किसानलाई निर्धारित मूल्यमा सरल ढँगले मल उपलब्ध गराउनका लागि संघीय गृह प्रशासनको गम्भीरता आवश्यक रहेको विज्ञप्तीमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्