वृद्धि बैक व्याजदर फिर्ता लिन उद्योग वाणिज्य संघहरूकाे आग्रह – Kanika Khabar
Sunday, May 19Nepali News Portal

वृद्धि बैक व्याजदर फिर्ता लिन उद्योग वाणिज्य संघहरूकाे आग्रह

    मा प्रकाशित

साउन ६, दाङ ।    जिल्लामा उद्योग वाणिज्य संघहरुले बैक व्याजदर वृद्धिले उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै यस लाइ फिर्ता लिन माग गरेका छन् । दाङ जिल्ला उदोग वाणिज्य संघको आयोजनामा भएको जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुकोहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैकले पटक पटक व्याज वढाउदा उद्योगी तथा व्यावसायीहरुलाइ अत्यन्त अप्ठेयारो परेकाले व्याज सम्वन्धी पुन विचार गर्न समेत माग गरेका छन् । बैठकले उद्योगी तथा व्यावसायीहरुलाई पुन कर्जाको व्यवस्था मिलाउन समेत माग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । बैठकमा निजी क्षेत्रमा देखिएका समस्या, समस्या समाधानका लागि भइ रहेका कार्यहरु, जिल्लाका विकास निर्माण्मा निजी क्षेत्रले गदै आएका र आउदा दिनमा गर्नु पर्ने कार्यहरु लगाएतका विषयमा छलफल गरिएको थियो । बैठकले निजी क्षेत्रको समस्या समाधानको लागि सहकार्य गरेर अगाडि वढनु पर्ने सहभागिहरुको भनाइ रहेको थियो । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निवर्तमान उपाध्यक्ष हेमराज वन्जाडे, दाङ जिल्ला उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, संघका उद्योग उपाध्यक्ष अनिल आचार्य, संघका महासचिव महेन्द्र वुढाथोकी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान वस्नेत, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खडका, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण वुढाथोकी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर वुढा मगर, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्