दाङ काङ्ग्रेसले मनायाे ४० औँ विपी स्मृति दिवस – Kanika Khabar
Monday, May 20Nepali News Portal

दाङ काङ्ग्रेसले मनायाे ४० औँ विपी स्मृति दिवस

    मा प्रकाशित

साउन ६, दाङ ।                                                                प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपालको प्रजातान्त्रिक आन्दोलनका जननायक, महामानव विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस शुक्रबार दाङसहित मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले विभिन्न कार्यक्रम गरेर उहाँको स्मरण गरेका छन् । सो अवसरमा नेपाली कांग्रेस दाङले पनि कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस दाङका नेता तथा कार्यकर्ता, भातृ संस्थाका प्रतिनिधि लगायत शुभेच्छुकहरुको विशेष उपस्थितीमा विपीको शालिकमा माल्यार्पण गर्दै वृक्षारोपण गरेर विपी स्मृति दिवस मनाइएको हो ।

नेपाली कांग्रेस घोराही ४ को वडा कमिटी सभापति नारायण जिएमको सभापतित्व एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्य तथा जिल्ला पूर्व सभापति बिरकेशरी गौतमको विशिष्ट आतिथ्यमा कार्यक्रम गरी स्मृति दिवस मनाइएको हो । घोराही १५ मा रहेका विपीको शालिकमा माल्यार्पण गर्दै घोराही ४ को भकारेस्थित गणेश मन्दिर परिसरमा वृक्षारोपण गरी दिवस मनाईएको हो ।

श्रीखण्ड, कपुर, गुलमोहरलगायत प्रजातिका विरुवा रोपण गर्दै विपी कोईरालाको महानवाणी अहिलेको अवस्थामा पनि जीवन्त रहेकाले यसको सही कार्यान्वयनमा जुट्नु पर्ने बेला आएको वक्ताहरुको भनाई थियो । हिजोको तिक्तता, रोष सबै त्यागेर नवीन कांग्रेसका रुपमा एक ढिक्का भएर अघि बढ्नु नै विपी प्रतिको सच्चा सम्मान हुने उनीहरुको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भूपबहादुर डाँगी, क्षेत्रीय सभापति भीमप्रकाश खड्का, जिल्ला उपसभापतिद्वय कमानसिंह भारती, गिरीराज सुवेदी, क्षेत्रीय सचिव हेमबहादुर डाँगी, नेविसंघ जिल्ला कार्यवाहक अध्यक्ष टोपबहादुर बिसीलगायतको सहभागिता रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

२०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्