कनिका डेस्क
असार ९, दाङ
विश्वमा निको हुने कोरोनाभाइरस संक्रमितको संख्या ४९ लाख २१ हजार ३ सय ६८ पुगेको छ । अब ३७ लाख ९० हजार ३ सय २६ जनाले उपचार गराइरहेका छन् । उपचार गरिरहेकामध्ये दुई प्रतिशत अर्थात् ५७ हजार ८८७ जना गम्भीर छन् ।
दैनिक नयाँ संक्रमितको संख्या बढे पनि मृत्युदर भने घटेको छ । हालसम्म विश्वभर करीब ९१ लाख ८६ हजार जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये चार लाख ७४ हजार २५७ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमित र मृत्यु हुने अमेरिकामा छन् । त्यहाँ अहिलेसम्म करीब करीब २४ लाख संक्रमित भइसकेका छन् भने एक लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ११ लाख ११ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । रुसमा करीब ६ लाख र भारतमा करीब चार लाख ४५ हजार संक्रमित फेला परेका छन् ।