रोटरी क्लव दाङको अध्यक्षमा महरा, आज पद हस्तान्तरण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रोटरी क्लव दाङको अध्यक्षमा महरा, आज पद हस्तान्तरण

    मा प्रकाशित

दाङ, ७ साउन । रोटरी क्लव अफ दाङको वर्ष २०२२/०२३ का लागि अध्यक्षमा ओबिन्द्र बहादुर महरा चयन हुनभएको छ । क्लवको वर्ष २०२१/०२२ का अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराहीका उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ठ आतिथ्यतामा ११ औँ पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।

रोटरी क्लब अफ दाङका नबनिर्बाचित अध्यक्ष महरालाई निर्बतमान अध्यक्ष खानले पद हस्तान्तरण गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष महराले रोटरी कल्वको नेतृत्व आफुले गर्दा समाज सेवालाई प्राथमिकतामा राख्दै समाजका लागि खटेर  कार्यसमितिले काम गर्ने बताउनुभयो ।

 

यस्तै आगामी वर्ष २०२३/०२४ का लागि भावी अध्यक्ष प्रदिप मज्गैया, प्रस्तावित अध्यक्ष प्रदिप सुदिप, उपाध्यक्षमा मिनराज भाट, सचिवमा डा. बोम विसी, कोषाध्यक्षमा रोशन दाहाललाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर  प्रमुख चौधरीले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग संगठित भएर समाज सेवालाई अगाडि बढाउदै लगेको संस्था रोटरी क्लव भएको बताउनुभयो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सदैव समाजका लागि यसरी नै काम गर्न नगर प्रमुख चौधरीले आग्रह गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै घोराहीका उपप्रमुख हुमा डिसीले समाजलाई सचेत पार्ने र समाज सेवालाई अग्रणी स्थानमा राखेर क्रियाकलाप गर्दै आएको संस्था रोटरी क्लव भएको बताउनुभयो ।

कार्यक्रममा जिल्लाका सबै पत्रिका तथा राजमार्ग अनलाईनलाई सम्मान गरिएको हो । कार्यक्रम संयोजक रवि किरण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रोशन दहालले गर्नुभएकोथियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्