दाङको घोराहीमा खुल्यो फिस स्पा सेन्टर – Kanika Khabar
Monday, May 20Nepali News Portal

दाङको घोराहीमा खुल्यो फिस स्पा सेन्टर

    मा प्रकाशित

साउन ८, दाङ ।
दाङको घोराहीमा माछाको टोकाईद्वारा मसाज गर्ने फिस स्पा सेन्टर खुलेको छ । जिल्ला मै पहिलो पटक यस्ता प्रविधिको व्यवसाय शुरु गरिएको सञ्चालकहरु बताएका छन् । घोराहीका युवाहरु गणेश न्यौपाने र सुसाज आचार्यले करिब ८ लाख रुपैयाँको लगानीमा घोराहीको विपी चोक नजिकै फिस स्पा सेन्टर ( माछाको टोकाइ द्वारा गरिने मसाज) खोलेका हुन् ।

आज आइतबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्पाको उद्घाटन गरेका छन । कार्यक्रममा नगर प्रमुख चौधरीले दाङमा नयाँ व्यवसाय थालनी भएको भन्दै कुनै न कुनै पेसा व्यवसायमा युवाहरु जोडिन आवश्यक रहेको बताएका छन ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे सहित उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । थाइल्याण्डबाट ल्याईएको उक्त प्रविधिको व्यवसायलाई नयाँ प्रयोगका रुपमा लिईएको छ । अहिले ४ जनाले एकै पटक मसाज गर्न सकिने र १५ मिनेटको शूल्क २०० सय रुपैयाँ  लाग्ने सञ्चालकहरुले बताएका छन । उद्घाटन कार्यक्रमको सहजीकरण प्रकाश गिरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्