साफ २० वर्ष मुनीको च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजबाट – Kanika Khabar
Sunday, May 19Nepali News Portal

साफ २० वर्ष मुनीको च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजबाट

    मा प्रकाशित

साउन ९, दाङ ।
साफ २० वर्ष मुनीको च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ। कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपाली समय अनुसार ४ः१५ बजे नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।

 

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । च्याम्पियनसिप अन्तर्गत नै आजको अर्को खेलश्रीलङ्का र बङ्गलादेश खेल्नेछन् ।च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

 

नेपालले माल्दिभ्सपछि श्रीलङ्कासँग बुधवार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतवार र अन्तिम खेल बङ्गलादेशसँग आगामी मङ्गलवार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्