दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित

    मा प्रकाशित

एजेन्सी ।
भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजलाई दुई विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो ।

 

त्यसअघि क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो ।पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल बुधवार हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्