बागलुङमा ११ जना सङ्क्रमितले कोरोना जिते – Kanika Khabar
Monday, August 24Nepali News Portal

बागलुङमा ११ जना सङ्क्रमितले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
असार ९, दाङ ।
बागलुङका ११ जना कोरोना संक्रमितले कोरोना जितेर निको भई घर फर्किएका छन् ।

आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष छन् ।

यस्तै, बडीगाड गाउँपालिकाका दुई जना २५ वर्षीय पुरुष, ३९, ३२ र २२ वर्षीय तीन जना पुरुष, बरेङ गाउँपालिकाका १८ र २३ वर्षीय २ जना पुरुष निको भई घर फर्किएको अस्पतालले जनाएको छ ।

‘१४ दिन आइसोलेसनमा पनि बस्नु भयो । रिपोर्ट आउन ढिलो भएकाले प्रिआइसोलेसन पनि बस्नु पर्‍यो,’ धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा। शैलेन्द्र पोखरेलले भने, ‘सोमबार उहाँहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गरेका छौं ।’

बागलुङमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । जसमध्ये १७ जना डिस्चार्ज भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्