दाङ कांग्रेस २ ‘क’ ले जनप्रतिनिधि र अग्रज नेताबीच अन्तरक्रिया गर्ने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङ कांग्रेस २ ‘क’ ले जनप्रतिनिधि र अग्रज नेताबीच अन्तरक्रिया गर्ने

    मा प्रकाशित

घोराही, ११ साउन
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ प्रदेश (क) ले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि र नेपाली कांग्रेसका अग्रज नेताहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । प्रदेश सभा क्षेत्रको बुधवार घोराहीमा बसेको बैठकले नेपाली कांग्रेसका अग्रज नेताहरु र जनप्रतिनिधिहरुबिच घोराही उपमहानगरपालिका र बंगलाचुली गाँउपालिकामा कार्यक्रम गर्ने निर्णय गरेको हो । घोराही उपमहानगरपालिकामा यही साउन २५ गते र बंगलाचुली गाँउपालिकामा साउन २८ गते कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कार्यसमितिमा मनोनित सदस्य, आमन्त्रित सदस्य र क्षेत्रीय प्रतिनिधि एवं घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा बिजयी कार्यसमितिका सदस्यहरु कोषाध्यक्षमा बिजयी धुब्र के.सी र सदस्यमा बिजयी यशोदा पाण्डलाई स्वागत सम्मान गरिएको थियो ।

बैठकले आगामी महिनाको घुम्ती बैठक भदौ ११ गते घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा बस्ने निर्णय गरेको सचिव माया पोख्रेलले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काको उपस्थिति रहेको थियो । बैठकमा बोल्ने वक्ताहरुले अघिल्लो निर्वाचनमा भएको कमीकमजोरीलाई सच्याउदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्