अरनिको,न्यु होराईजन र ज्ञानज्योति सेमिफाइनलमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अरनिको,न्यु होराईजन र ज्ञानज्योति सेमिफाइनलमा

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१२ साउन दाङ ।
अरनिको माबी,न्यु होराईजन र ज्ञानज्योती कलेज दाङको तुलसिपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेका छ्न् ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बिहिबार सम्पन्न खेलमा भिमसेन माबी सैवाङ रोल्पालाई २३-२५, २५- २१, २५-१८ को २- १ काे  सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउ रोल्पा सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै राप्ती प्राबिधिक शिक्षालय लालमटिया लाई २५-८,२५-८ को सोझो सेटमा पराजित गर्दै न्यु होराईजन बुटवल रुपन्देहिले सेमिफाइनल यात्रा सुरक्षित गर्‍यो । उल्लेख्य दर्शकको उपस्थितिमा भएको तेस्रो क्वाटर फाईनलमा शिदेश्वरी माबी रुपन्देही लाई २९-२७ र २५-१२ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसिपुरले सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगिता अन्तरगत शुक्रबार बिहान बागेश्वरी एकाडेमी कोहलपुर बाके र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम बिच अन्तिम क्वाटर फाईनल खेल हुनेछ । खेल बिहान ८ बजे हुनेछ । यसैबिच सुक्रबार बिहान हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउ रोल्पा र ज्ञान ज्योती कलेज तुलसिपुर भिड्नेछन् भने अन्तिम क्वाटर फाईलको बिजेता संग न्यु होराईजन रुपन्देही सेमिफाइनलमा भिड्ने राप्ति किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनु भएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिनु भएको छ । प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्