चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढदललाई प्रशिक्षण दिएकोमा नेता रिजालको गम्भीर आपत्ति – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढदललाई प्रशिक्षण दिएकोमा नेता रिजालको गम्भीर आपत्ति

    मा प्रकाशित

कनिका खबर
असार ९, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढदललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेता रिजालले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए । पछिल्लो समय चिनियाँ कम्युनिस्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यस तर्फ नेकपाको गम्भीर ध्यानाकर्षण गराए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्