प्यूठानको क्वारअन्टिनमा शिशुको जन्म – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्यूठानको क्वारअन्टिनमा शिशुको जन्म

    मा प्रकाशित

कनिका खबर
असार ९, प्यूठान ।
प्यूठानमा क्वारअन्टिमै शिशु जन्मिएका छन् । प्युठान जिल्लाको एक क्वारअन्टिनमा बसेकी गर्भवतीले शिशुलाई जन्म दिएकी हुन् । मल्लरानी गाउँपालिका ४ को जनजागृति माध्यामिक विद्यालयको कसेरी क्वारअन्टिनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरालाई जन्म दिएकी हुन् ।

क्वारअन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान ८ बजेतिर उहाँ सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । खड्काको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर लिनेरनलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्