जीपीएस प्रणालीको सट्टामा बैकल्पीक प्रणली बचाउँदै चीन – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

जीपीएस प्रणालीको सट्टामा बैकल्पीक प्रणली बचाउँदै चीन

    मा प्रकाशित

कनिका खवर
असार ९, दाङ
अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीलाई चुनौती दिने प्रणालीको लागि आवश्यक अन्तिम भूउपगह आज चीनले पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ ।
चीनले आज गरेको परिक्षणपछि अब उसले अ‍ेमेरिकी जीपीएस प्रणालीमा भर पर्नुपर्ने छैन । चीनको एक खर्ब अमेरिकी डलरको बेइदु–३ भूउपग्रहको सञ्जाल हो र यसले पृथ्वीको सबै कुना समेट्ने बीबीसीले जनाएको छ ।

सन् २०१२ मा सुरु गरिएको यो परियोजना सम्पन्न भए पश्चात बेइदु नेभिगेशन सिस्टम बीडीएसको तस्रो संस्करण अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपको ग्पालिलियो प्रणालीको विकल्प हुनेछ ।

अन्तरिक्ष अन्वेषणमा अमेरिकालाई पछार्ने होडमा रहेको चीनले भविष्यमा स्थायी अन्तरिक्ष स्टेशन राख्ने, मानवलाई चन्द्रमामा उतार्ने र मंगल ग्रहमा यान एवम् वाहन पठाउने तयारीको रुपमा बेइदुलाई हेरिएको खवरमा उल्लेख गरिएको छ ।

कोरोना भाइरस, व्यापार र हङकङको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव भइरहेको बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्