कनिका खवर
असार ९, दाङ
अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीलाई चुनौती दिने प्रणालीको लागि आवश्यक अन्तिम भूउपगह आज चीनले पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ ।
चीनले आज गरेको परिक्षणपछि अब उसले अेमेरिकी जीपीएस प्रणालीमा भर पर्नुपर्ने छैन । चीनको एक खर्ब अमेरिकी डलरको बेइदु–३ भूउपग्रहको सञ्जाल हो र यसले पृथ्वीको सबै कुना समेट्ने बीबीसीले जनाएको छ ।
सन् २०१२ मा सुरु गरिएको यो परियोजना सम्पन्न भए पश्चात बेइदु नेभिगेशन सिस्टम बीडीएसको तस्रो संस्करण अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपको ग्पालिलियो प्रणालीको विकल्प हुनेछ ।
अन्तरिक्ष अन्वेषणमा अमेरिकालाई पछार्ने होडमा रहेको चीनले भविष्यमा स्थायी अन्तरिक्ष स्टेशन राख्ने, मानवलाई चन्द्रमामा उतार्ने र मंगल ग्रहमा यान एवम् वाहन पठाउने तयारीको रुपमा बेइदुलाई हेरिएको खवरमा उल्लेख गरिएको छ ।
कोरोना भाइरस, व्यापार र हङकङको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव भइरहेको बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो ।