योग गुरु रामदेवले सार्वजनिक गरेको ‘कोरोनाको औषधि’ प्रयोगमा रोक – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

योग गुरु रामदेवले सार्वजनिक गरेको ‘कोरोनाको औषधि’ प्रयोगमा रोक

    मा प्रकाशित

एजेन्सी
असार ९, दाङ ।
योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि बनाएको आयुर्वेदिक औषधि भारत सरकारले प्रचार प्रसार र प्रयोगमा रोक लगाएको छ ।
भारतको आयुष मन्त्रालयले पतञ्‍जली ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार(प्रसार नगर्न निर्देशन दिएको छ।
यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ। मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यसबाट बिरामी ठीक भइरहेको जिकिर गरेका थिए।

मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन पनि भनेको छ। पतञ्‍जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्‍वास गर्न नसकिने जनाएको छ।

कोरोना महामारीको औषधि बनाउन कुनै नि कम्पनीले मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। त्यसपछि मात्रै त्यो कम्पनीले औषधि बनाउन पाउँछन्।

योग गुरु रामदेवले मंगलबार पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेका थिए ।

रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्