कोरोनाको प्रकोप न्यून गर्न नगरपालिका सिल गरियो । – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोनाको प्रकोप न्यून गर्न नगरपालिका सिल गरियो ।

    मा प्रकाशित

कनिका खवर
असार ९, दाङ
कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दे गएपति बैतडीको दशरथचन्द नगरपालिकालाई असार १६ सम्म सिल गर्ने निर्णय गरिएको छ ।
नगरक्षेत्र भित्र कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढ्दै भएको भन्दै नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए ।
आज एक सुचना जारी गर्दै नगरपालिकाले अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट््यांकर, एम्बुलेन्स लगायका साधनहरु नरोकिकन आउजाउ गर्ने सक्ने समेत जनाएको छ । स्थानिय प्रशासन ऐन २०२८को दफा ६(३)क र संङ्क्रामक रोन ऐनको दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको हो । सामाजिक दुरी कायम गर्दै औषधिजन्य पसल खोल्न पाइने र सामाजिक कार्यक्रममा १५ जनासम्म सम्मिलित हुन पाइने समेत सुचनामा उल्लेख गरिएको छ । यस्तै बैंक तथा वित्तीय संस्था हप्ताको ३ दिन, आइतबार, मंगलबार र बिहीबार खोल्न सकिनेछ ।
दशरथचन्द नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या २९ पुगेको छ
यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने छ । दशरथचन्द नगरपालिकामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्