मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ताको लागि आह्वान – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ताको लागि आह्वान

    मा प्रकाशित

साउन २९, काठमाडौँ ।
सरकारले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ताको लागि आह्वान गरेको छ । गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आगामी भदौ ५ गतेसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन आग्रह गरेको हो।सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको हो ।

उजुरी दिँदा सकेजतिको धेरै तथ्य र प्रमाण दिन पनि सूचनामा भनिएको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरी मिटरब्याजी अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्