विश्वमा कोरोना सङ्क्रमितमध्ये ५० लाखभन्दा धेरै निको – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विश्वमा कोरोना सङ्क्रमितमध्ये ५० लाखभन्दा धेरै निको

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।

विश्वमा कोरोना सङ्क्रमितमध्ये ५० लाखभन्दा धेरै निको भएका छन् । वर्लडओमिटरका अनुसार ५० लाख ४१ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएका हुन् ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९३ लाख ५० हजार भन्दा बढी छ । अहिलेसम्म ९३ लाख ५३ हजार ७ सयमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् । कोरोनाका कारण ४ लाख ७९ हजारको ज्यान गएको छ ।

कोरोनाबाट अमेरिकामा २४ लाख २४ हजार सङ्क्रमित भएका छन् । त्यहाँ १० लाख २० हजार निको भएका छन् भने १ लाख २३ हजार भन्दा धेरैको ज्यान गएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ११ लाख ५१ हजार पुगेको छ भने रुसमा ५ लाख ९९ हजार ७ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

ब्राजिलमा ६ लाख १३ हजार र रुसमा ३ लाख ५६ हजारभन्दा धेरै निको भएका छन् । छिमेकी भारतमा कोरोनाबाट ४ लाख ५६ हजार सङ्क्रमित भैसकेका छन् । त्यहाँ २ लाख ५८ हजार बढी निको भएका छन् । १४ हजार ४ सय ८३ जनाको ज्यान गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्